महेन्द्रको हेर यी आँखामा (भिडियोसहित)

काठमाडौं,
आषाढ ८ ।

महेन्द्र रायमाझीको ‘हेर यी आँखामा…’ सार्वजनिक भएको छ । रेडियो नेपालका अङ्ग्रेजी समाचारवाचक तथा गायक महेन्द्र रायमाझी आफ्नो नयाँ गीत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

यूवा गीतकार डिपी खनालको शब्द रचनाको गीतलाई युवा शंकर थापा स्माइलले सङ्गीतबद्ध गरेका हुन् । गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन छ ।

युवराज वाइवाद्वारा निर्देशित गीतको भिडियोमा अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा तथा नयाँ कलाकार मिलन खड्काले अभिनय गरेका छन् । भिडियोमा रीमा र मिलनको जोडी आकर्षक देखिएको छ ।

भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादक गरेका छन् । उक्त गीतको अडियो तथा भिडियोलाई डश म्युजिक प्रा.लि.ले प्रस्तुत गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार