काब्याको बाहिर माया (भिडियोसहित)

काठमाडौं,
आषाढ ६ ।

काब्या आचार्यको स्वरमा रहेको नयाँ गीत ‘बाहिर माया देखाएर…’ सार्वजनिक भएको छ । सारिया मगरको शब्द, मित्र केसीको सङ्गीत र संजय हमालको एरेञ्जर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सारिय, विवेक मगर र पन्थ लामालाई फिचरिङ गरिएको गीतको भिडियोलाई एकनाथ मगरले निर्देशन तथा सम्पादन गरेका छन् । भिडियोलाई व्हाइट पिगन मिडियाले युट्युव मार्फत सार्वजनिक गरेको हो ।

कविरभक्त क्षेत्री तथा राजकुमार महर्जनलगायतको संलग्नतामा हालै सञ्चालनमा आएको हो व्हाइट पिगन मिडिया । मिडिया गीत, सङ्गीतको प्रवद्र्धनमात्र नभएर भविष्यमा बृत्तचित्र, चलचित्रहरु निर्माण, प्रदर्शन समेतको कार्य सम्पादन गर्ने उद्देश्यले स्थापना गरिएको सञ्चालक मर्हजनले बताए ।

यसमा तपाइको मत

अन्य समाचार