युवराजको चौलागाईंको ‘किराना पसल’ (भिडियोसहित)

काठमाडौं,
आषाढ ५ ।

गायक युवराज चौलागाई‌ंको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। उनको स्वरमा रहेको ‘किराना पसल’गीतको भिडियो सार्वजनिक भएको हो ।

क्षितिज सापकोटाको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो गायक युवराजकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक युवराज र अनुश्का पाठकको अभिनय रहेको छ । भिडियोमा विनोद पौडेल, असिना थपलिया, राज न्यौपानेलाई पनि देख्न सकिन्छ ।

राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीले सम्पादन रहेको छ भिडियोमा । कृष्ण महर्जनको मिक्सिङ रहेको गीतलाई राजन इशानले एरेन्ज गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार