पोखरा,
आषाढ ३ ।
सामाजिक न्याय र समताको लागि पहल नेपालको संयोजनमा शसक्तीकरणसँगै महिलाहरुमा बोल्ने कलाको विकास गर्न उद्देश्यले एक दिवसिय नेतृत्व विकास तथा बोल्ने कला तालिम सम्पन्न भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वार्ड नं. ५ मालेपाटन स्थित आफ्न्त बचत तथा ऋण सहकारी संस्थाको महिला जागरण उपशाखाको आयोजनमा भएको कार्यक्रममा सहकारीका तीन दर्जन महिलाले उक्त तालिम लिएका छन् ।
तालिमको उद्घाटन गदै वार्ड नं. ५ का वार्ड अध्यक्ष धनबहादुर नेपालीले महिला शसक्तिकारण विना समद्ध समाजको परिकल्पना नहुने बताए । उनले महिला वच्चा जन्माउने साधन मात्रै समाज परिवर्तको संवाहक भएकाले पनि अव चुलो चौकोमा सिमत हुननहुने भने । कार्यक्रमको प्रमुख अतिथी तथा वार्ड अध्यक्ष नेपालीले सहकारीले बचत गर्ने बोनस बाडने मात्र नभई महिलाहरुको सामाजिकीकरणमा ध्यान दिनुपर्ने धारणा राखे ।
प्रशिक्षक तथा सामाजिक न्याय र समताको लागि पहल पहल नेपालका संस्थापक अध्यक्ष प्रकाश अधिकारीले महिला स्वजागरणमा जोड दिए । महिला सवैभन्दा वढि महिलाबाट नै हिँसामा पर्ने भन्दै एक महिलाले अर्को महिलालाई सम्मान गर्नुपर्ने बताए ।
आफ्न्त बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्दप्रसाद बरालले आफ्नो संस्थाले पहिलो पटक महिलाहरुका लागी तालिम आयोजना गरिएको बताउँदै पहल नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा सँगसँगै सहकार्य गर्न इच्छुक रहेको बताए ।
प्रशिक्षक तथा पहल नेपालका तालिम संयोजक प्रमिला बरालले महिलाले राम्रोसँग बोल्न नस्कदा धेरै दुःख पाउने गरको बताइन । उनले यो तालिमले महिलाले आफूँलाई परेको समस्या सम्वन्धीत निकायमा प्रस्टसँग प्रस्तुत गर्न र अधिकारको लागी बोल्न सक्ने बनाएको विस्वास व्यक्त गरिन ।
सहभागीको तर्फबाट निरा गौतम र कमला गौतमले तालिममा छोटो समयमा धेरै कुरा सिकेको भन्दै सिकेको सिपलाई व्यवहारमा लागु गर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षकलाई मायाको चिनो प्रदान गरिएको थियो । प्रमुख अतिथी तथा वार्ड नं. ५ का वार्ड अध्यक्ष धनबहादुर नेपालीलाई पहल नेपालका उपाध्यक्ष निलम पौड्याल र प्रशिक्षकहरुलाई सहकारीका अध्यक्ष गोविन्दप्रसाद बरालले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा पहल नेपालका उपाध्क्ष निलम पौड्याल, सचिव दिप्ती गुरुङ र कोषाध्यक्ष शान्ती पोख्रेलको विषेश उपस्थिती रहेको थियो ।
आफ्न्त बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्दप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वार्ड सचिव हरिप्रसाद अधिकारीले गरेका थिए ।






