काठमाडौं,
आषाढ ३ ।
इन्दिरा विश्वकर्माको आधुनिक गीत ‘मन्द मुस्कान’को भिडियो सार्वजनिक भएको छ । महेश खरेलको शब्द, खेम थापाको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
क्लासिकल र लोकपप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा विमल अधिकारी र शान्ती सुनारको अभिनय रहेको छ ।
कपिल लामा निर्देशित भिडियोलाई राजेश घिमिरले छायाङ्कन र सुजन शाहीले सम्पादन गरेका छन् । भिडियोलाई सलिना म्युजिक प्रा.लि.ले बजार ब्यावस्थापन गरेको छ ।






