काठमाडौं,
आषाढ १ ।
सञ्चारकर्मी तथा समाजसेवी सूर्य चन्द सम्मानित भएका छन् । दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा सम्पन्न भएको मिस ग्यालेक्सी नेपाल २०१८ को ग्राण्ड फिनालेमा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको हात बाट ‘दक्ष इन्टरनेश्नल पत्रकारिता अवार्ड २०१८’ बाट सञ्चारकर्मी सूर्य चन्दलाइ सम्मानित गरिएको थियो ।
उनलाई लामो समयदेखि निष्ठा र समर्पणभाबका साथ पत्रकारिता मार्फत सञ्चार क्षेत्रमा सधानारतरही सत्य तथ्य सूचनामुलक समाचारहरु प्रबाहगरि नेपाली नागरिक समाज तथा आमपाठक समक्ष समर्पित रहदै आएको भन्दैसम्मान प्रदान गरिएको थियो ।
हरेक वर्ष हुने यस कार्यक्रममा विभिन्न विधामा ख्याति कमाएका तथा आफ्नो कार्य बाट समाजमा महत्वपुर्ण योगदान दिन सफल व्यक्तित्वहरुलाई सम्मान गरिदै आएको कुरा दक्ष इन्टरनेशनल प्रा.लि.का अधक्ष्य टेकराज पाण्डेले बताए ।






