निर्जलाको ‘नियालेर हेर्छुु …’ (भिडियोसहित)

काठमाडौं,
ज्येष्ठ २८ ।

निर्जला अधिकारीको शव्द, सङ्गीत, स्वरमा रहेको गीत ‘नियालेर हेर्छु जब तिमिलाई… ’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

चलचित्र ‘जस्मिन’मा सह निर्देशनको भूमिका निर्वाह गरिसकेकी निर्जला अधिकारी स्वयंको निर्देशन रहेको उक्त म्युजिक भिडियो भृङ्गेश्वरी म्युजिक प्रा.लि.को ब्यानरमा निर्माण भएको हो ।

निर्जला आफैँले सो भिडियोमा मोडलिङ गरेकी छन् भने उनलाई नवकलाकार आनन्द क्षेत्रीले साथ दिएका छन् । गीतको भिडियोलाई ज्ञानु चौलागार्ईंले छायांकन र विबेक सुनारको सम्पादन रहेको छन् ।

यसमा तपाइको मत

अन्य समाचार