काठमाडौं,
ज्येष्ठ २६ ।
विन्ध्यावासिनी म्युजिक प्रालिको प्रस्तुतिमा रुपकुमार राई र मेनुका राईको ‘नौ लाई शुन्य नब्बे’ गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली साङ्गतिक क्षेत्रमा स्थापित बनिसक्नुभएका गायक रुपकुमार राई र गायिका मेनुका राई तामाङको मौलिक लोकदोहोरी गीत बजारमा आएको हो ।
डी आर आतुको शब्द सिर्जना तथा राजु कार्किको एरेन्जमा सो गीत आएको हो । बैशालु युवा युवतिको कथालाई गीतमा रोचक रुपमा समावेश गरिएको छ । ठटयौली पारामा सिर्जना गरिएको गीतमा सर्वोकृष्ट रुपमा मायाको भावहरु समेटिएको छ ।
अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका छन । गीतमा ज्योति मगर र काजिश श्रेष्ठको अभिनय रहेको छ । गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।






