चलचित्र विकास बोर्डले गर्यो महिला सशक्तीकरणका लागि प्रशिक्षण कार्यशाला तथा सम्मान

काठमाडौं,

ज्येष्ठ २५ ।

चलचित्र बिकास बोर्डले राजधानिमा महिला सशक्तीकरणका लागि सुचनाको हक अभिमुखीकरण तथा प्रशिक्षण कार्यशालाको आयोजना गरिएको छ । कलाकार नेपाली जनमानसका रोल मोडेल भएकाले महिला कलाकार शसक्त हुनुपर्ने सहभागीहरुले बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रदेश ३ का प्रमुख अनुराधा कोइरालाले कलाकार समाजका रोल मोडल भएकाले महिला कलाकारहरुले समाजलाई प्रभावित पार्न सक्ने बताइन् ।

उनले महिला कलाकारहरुले चलचित्रमा मात्र नभएर वाहिरी समाजमा पनि सोही अनुसारको छाप छाड्ने बताइन् । उक्त अवसरमा बरिष्ठ कलाकार चत्य देबी, सकुन्तला शर्मा, बसुन्धारा भुसाल, करिष्मा मानन्धर, दिपा श्री निरौला , साम्रागी राज्य लक्ष्मी शाहलाई सम्मान गरिएको थियो । दोस्रो सत्र मा सुचनाको हक बिषयक तालिम का लागि बरिष्ठ पत्रकार बबिता बस्नेतले महिला सहभागी सबैलाई प्रशिक्षण दिएकी थिइन् ।

चलचित्रकर्मी महिला सशक्तिकरण समितिमा संयोजक अभिनेत्री सरीता लामिछाने र सदस्यहरुमा रक्षा सिंह राणा, गीता अधिकारी, कविता शर्मा गेलाल, तथा सचिवमा चलचित्र विकास बोर्डकी अधिकृत निर्मला चौलागाई रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार