पवित्राको लयमा तीजको लहर चलिसक्यो करिश्माको

काठमाडौं,
ज्येष्ठ १७

नेपाली महिलाको महान् पर्व हो तीज । तीजसँग जोडियोको अर्को पक्ष हो यसको गीत सङ्गीत । यो आउन झण्डै तीन महिना बाँकी छ । तर, यो वर्षको तीजलाई लक्षितगरी गीत सङ्गीतको काम सुरु भएको छ । यसै मेसोमा सदाबहार अभिनेत्री करिश्मा मानन्धरले कम्मर मर्काएकी छन् । राजधानीको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा उनले हालै तीज गीतमा कम्मर मर्काएकी हुन् ।

गायिका पारु रञ्जितको स्वरमा रहेको ‘तीजको लहर चलिसक्यो’बोलको गीतमा अभिनेत्री करिश्मा दर्जन कोरस डान्सरसँग कम्मर मर्काइरहेकी थिइन् । अभिनेत्री तथा कोरियोग्राफर पवित्राा आचार्यले करिश्मालाई नृत्यका विभिन्न स्टेप सिकाइरहेकी थिइन् । सोही स्टेपमा पनि करिश्मा रमाउँदै नाँचेकी थिइन् ।

यो गीतमा सङ्गीत र शब्द बाबुल गिरीकै छ । भिडियोमा सञ्चारकर्मी श्रीधर पौडेलको छायाँंकन, राम कार्कीको व्यवस्थापन र विरेन्द्र रञ्जितको निर्माण छ । भिडियोकी निर्देशकसमेत रहेकी कोरियोग्राफर पवित्राले ‘तीजको लहर चलिसक्यो’को भिडियो केही दिनपछि युट्युबमा आउने बताइन् ।

यसमा तपाइको मत

अन्य समाचार