आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन (पूर्णपाठसहित)

काठमाडौं,
ज्येष्ठ १५ ।

सरकारले आर्थिक वर्ष २०७५/७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रहेको जानकारी दिए ।

उनका अनुसार आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वतर्फ ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख ब्यहोर्दा चार खर्ब २५ अर्ब २ करोड ८२ लाख बजेट न्यून हुने छ ।

बजेटमा देखिएको न्यून पूर्ति गर्नका लागि वैदेशिक ऋणबाट दुई खर्ब २५ अर्ब २ करोड ८२ लाख जुटाइने र राजश्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा अपुग हुने खूद रु एक खर्ब ७२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने उहाँले जानकारी दिए ।

  • बजेटको लक्ष्य : ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर
  • ऊर्जा दशक घोषणा, ऊर्जाका लागि ८३ अर्ब बजेट
  • कार र मोटरसाइकलमा कर बढ्यो, चुरोट, सुर्ती र मदिरामा पनि अन्तशुल्क वृद्धि
  • सातवटै प्रदेशमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान
  • विदेशबाट आउनेले कर नतिरी सय ग्रामसम्म काँचो सुन ल्याउन पाउने
  • हरेक प्रदेशमा रंगशाला बनाउने सरकारको घोषणा, २ अर्ब ४ करोड बजेट विनियोजन
  • कर्मचारीलाई २ हजार महंगी भत्ता, १० हजार पोसाक भत्ता
  • पश्चिम सेती बनाउन नेपालभित्रकै स्रोत परिचालन गरिने
  • आयकरमा नयाँ व्यवस्था, अब १०, २० र ३० प्रतिशतको सीमा
  • वृद्ध भत्ता बढेन,एक लाखसम्मको बीमा शुल्क सरकारले बेहोर्ने
  • स्वास्थ्य सेवा र शिक्षा सेवा कर खारेज
  • इजाजत बिना घर जग्गा खरिद बिक्री गर्न नपाइने
  • खेलकुदलाई २ अर्ब, हरेक प्रदेशमा रंगशाला
  • शैक्षिक प्रमाणपत्रको आधारमा ७ लाख रुपैयाँसम्म ऋण
  • ७ वटा सुरुङमार्ग बनाउने सरकारको घोषणा
  • प्रधानमन्त्री रोजगारी कार्यक्रममा ३ अर्ब २० करोड

 

हेर्नुहोस बजेटको पूर्णपाठ

 

Budget-Speech-2075-for-Website-Final_20180529121330 (1)

यसमा तपाइको मत

अन्य समाचार