बौद्धमा नालन अर्गानिक कफी एन्ड जुसबार सञ्चालनमा

काठमाडौं,
ज्येष्ठ १४ ।

बौद्धमा नालन अर्गानिक कफी एन्ड जुसबार सञ्चालनमा आएको छ । अर्गानिक खानाको पारखीहरुको लागि काठमाडौँको बौद्धमा नालन अर्गानिक कफी एण्ड जुस बार सञ्चालनमा आएको हो ।

यसको नायिका संचिता लुइँटेल, गायक धिरज राइ, विश्वकै कान्छा चलचित्र निर्देशक सौगात बिष्ट, मोडल संजय राजविक्रम तथा अन्य समाजका प्रतिष्ठित व्यक्तिहरुले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।

सम्पूर्ण प्रकार तथा परिकारको अर्गानिक कफी, अर्गानिक जुस तथा अन्य लाइट फुडहरु समेत पाउने यस नालन अर्गानिक कफी एण्ड जुस बारमा अनुभबी दक्ष स्टाफ द्वारा आफ्ना ग्राहकहरुलाई पारिवारिक बाताबरणमा सेवा सुबिधा प्रादान गरिने कुरा नालन अर्गानिक कफी एण्ड जुस बार बौद्धका सञ्चालिका द्वय अन्जना थापा मगर र पुष्पा गुरुङ बताउछन ।

यसमा तपाइको मत

अन्य समाचार