स्वस्थ र हाइजेनिक खानाका लागि मनसुन क्याफे – दीपक राई 

राजधानीको पुरानो बानेश्वरचोकदेखि नयाँ बानेश्वरतिर जाँदा थोरै दक्षिणतर्फ बायाँतिर अविस्थित छ– मनसुन क्याफे तथा सेकुवा कर्नर । यसका सञ्चालक हुन् दीपक राई । स्वास्थ्य, हाइजेनिक, फ्रेस र मीठो खानेकुराका लागि प्रख्यात हुँदै गएको यो क्याफे सेकुवाका पारखीहरुका लागि पनि रोजाइको स्थान बन्दै गइरहेको छ । ‘स्वस्थ र हाइजेनिक खाना, खुल्ला किचन, अनुभवी सेफ र राम्रो हस्पिटालिटी भएको पारिवारिक वातावरणमा रमाउन सकिने उपयुक्त क्याफे हो’, भनी दाबी गर्ने सञ्चालक दीपक राईसँग मिलाप मासिकका लागि गीता अधिकारीले गरेको कुराकानीको संक्षिप्त अंशः–

मनसुन कस्तो खालको क्याफे हो  ?
मनसुन क्याफे ग्राहकको चाहनाअनुसार सम्पूर्ण खानाहरु उपलब्ध हुने, पूर्णस्वस्थ र हाइजेनिक खाना, खुल्ला किचन, अनुभवी सेफ र राम्रो हस्पिटालिटी भएको, पारिवारिक वातावरणमा रमाउन सकिने उपयुक्त क्याफे हो भन्ने मलाई लाग्छ । म आफैंले बयान गर्नुभन्दा पनि यहाँ आउने ग्राहकले गरेको तारिफले हामीलाई मख्ख पारेको छ ।

कसरी सुरूवात गर्नुभयो यो व्यवसाय  ?
म दक्षिण कोरिया लामो समयसम्म बसेर आएँ । नेपालमा केही गरौं भन्ने थियो । हामीले रातोपुलमा रकहाउस क्याफे सञ्चालनमा ल्यायौं । त्यहाँ पनि अहिले राम्रो भइरहेको छ । मैले आफूलाई यही व्यवसायमा अझ विस्तृत गरौं भन्ने लागेर अन्य ठाउँहरुमा पनि क्याफे सञ्चालन गर्न थालें । त्यहीमध्येको एउटा यो हो– मनसुन क्याफे एन्ड सेकुवा कर्नर ।

क्याफेका विशेषताहरु के–के छन्  ?
नेपाली, इन्डियन, चाइनिज, सि फुड, कन्टिनेन्टल खाना र स्पेशल सेकुवा नै हाम्रा विशेषताहरु हुन् । फापर, कोदो, मकैको ढिँडो, लोकल कुखुरालगायतका परिकार पनि हामी उपलब्ध गराउँछौं । हामीले हाम्रा ग्राहकको रूचिअनुसारका खानाहरु उपलब्ध गराउँदै आएका छौं । हामीकहाँ आउने ग्राहकहरुको रूचिअनुसारको आइटम हामी सजिलै उपलब्ध गराउँछौं । यो क्याफेमा सबै वर्गका ग्राहकहरु आउन सक्नुहुन्छ । त्यस्तै, ग्राहकको चाहनाअनुसारका परिकारहरु चाहेको स्थानमा पु¥याउने व्यवस्था पनि मिलाएका छौं । हामीले सरसफाइमा पनि कुनै कम्प्रोमाइज गरेका छैनौं । यहाँ आउने ग्राहकले आफ्नो घरमा जस्तै निर्धक्क भएर खान सक्नुहुन्छ । यसै कारण नै हामीले ग्राहकको मन जित्न सफल भएका छौं । हाम्रो विशेषता नै अरूभन्दा फरक स्वाद र वातावरण दिन सक्नु हो । लन्च र डिनरका लागि थकाली खाना सेट लिनेका लागि मनसुन क्याफे नयाँ स्वाद हुन सक्छ ।
मलाई के लाग्छ भने खाना पहिले आँखाले खान्छ अनि नाक र त्यसपछि मात्र जिब्रोले । खानाको पहिलो ग्राहक आँखा हो । आकर्षक ढङ्गले पस्किएको खानामा आँखा रमाउँछ । हर्रर चल्ने वासनाले नाक रमाउँछ अनि मात्रै जिब्रोले स्वाद लिन्छ । यस सँगसँगै खाना स्वस्थकर र हाइजेनिक हुनुपर्छ ।

क्याफेको वर्तमान अवस्था कस्तो छ  ?
वर्तमान अवस्थालाई सन्तोषजनक नै मान्नुपर्दछ । अहिले प्रतिस्पर्धाको समय छ । मनसुन क्याफे आफ्नै तरिकाले अगाडि बढिरहेको छ । ग्राहकको सन्तुष्टि नै हाम्रो प्रमुख लक्ष्य हो । हामी आफ्ना समस्त ग्राहकहरुलाई उत्कृष्ट सेवा पुर्याइरहेका छौं ।

पछिल्लो समय घरबाहिर गएर खाना खाने नेपालीको सङ्ख्या बढ्दो छ भनिन्छ । तपाईंको रेष्टुरेन्टमा खासगरी कस्ता खालका ग्राहकहरु आउनुहुन्छ ?
तपाईंले भनेजस्तै शहरको दौडधुपले मान्छे केही क्षण भए पनि आरामले खाना खाऔं भन्ने हुन्छ भने केही सधैँ घरमा एकै प्रकारको के खाने ? कहिलेकाहीँ त घरबाहिर गएर खाना खाऔं भन्ने हुन्छ । हो, पछिल्लो समयमा म पनि घरबाहिर गएर खाना खाने नेपालीहरुको सङ्ख्या बढेको पाउँछु । हामीकहाँ सबै खाले ग्राहकहरु आउनुहुन्छ । विभिन्न पेशा, व्यवसायका मानिसहरु आउनुहुन्छ भने पारिवारसहित पारिवारिक वातावरणमा रमाउन चाहनेहरु पनि आउनुहुन्छ । दैनिक जीवनको व्यस्तता र शहरी जीवनशैलीका कारण आममानिसको दैनिकी पनि फेरिँदै गएको छ । कामको व्यस्ततासँगै होटल तथा रेष्टुरेन्टको खाना खाने बानीको विकास हुँदै गएको हो कि ?

अन्त्यमा  ?
स्वादसँगै तपाईंले खाने खाना हाइजेनिक छ कि छैन ? त्यसमा ध्यान पु¥याउनु जरूरी हुन्छ । तपाईं गएको ठाउँको खाना कति स्वस्थ र हाइजेनिक छ ? त्यसबारे अवश्य जानकारी राख्नुहोस् । सेवा, सुविधा र गुणस्तरमा ध्यान पुर्याउनुहोस् भन्न चाहन्छु । साथै, तपाईंको यो मिलाप मासिक पत्रिकामार्फत् म एकपटक हामीलाई सेवा गर्ने मौका दिनुहोस् भन्न चाहन्छु ।

यसमा तपाइको मत

अन्य समाचार