मकवानपुर,
ज्येष्ठ ८ ।
चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापनाको दिन ज्येष्ठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रुपमा मनाउने परम्परालाई कायम राख्दै सोमवार चलचित्र पत्रकार संघ मकवानपुरले हेटौडामा एक समारोह अयोजना गरी चलचित्र पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।
चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारीता दिवशका अबरमा दुई पत्रकार र दुई कलाकारलाई सम्मान प्रदान गरेको छ ।
यो बर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट जनता टेलिभिजनमा कार्यरत पत्रकार रामकुमार एलनलाई नगद पाँच हजार सहित र दोस्रो पटक वितरण गर्न लागेको राष्ट्रिय चलचित्र पत्रकारीता सम्मान २०७५ बाट राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्रिलाई नगद ११ हजार १ सय ११ रुपैयासहित सम्मान गरीएको छ । यस्तै चलचित्र कलाकारीता सम्मानबाट नायिका निता ढुंगाना र कलाकार शुसान्त श्रेष्ठलाई सम्मान गरिएको छ ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस मकवानपुरका सभापती एबम् तीन नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाले अब नेपालमा क्रान्तीको होईन शान्तिको बिषयमा चलचित्र बनाउनुपर्ने बताए ।
चलचित्र पत्रकार संघका निबर्तामान अध्यक्ष शान्तिप्रिय र चलचित्र बिकाश बोर्डका सदस्य नरेन्द्र महर्जजनको बिशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा युवा समितिका अध्यक्ष सन्तोष चौलागाई, निर्माण ब्यबसायी संघका अध्यक्ष आननद पराजुली, उद्योग संघका अध्यक्ष नवराज अर्याल, चलचित्र निर्देशक समाजका निबर्तामान उपाध्यक्ष सुमन दाहाल, नेपाल पत्रकार महासंघ प्रदेश न तीनका महासचिब कृष्ण शारु मगर, जिल्ला अध्यक्ष हरी हुमगाई लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा सम्मान ग्रहण पछि नायिका निता ढुगानाले हेटौडाले आफूलाई सम्झेर सम्मान गरेकोमा आभार ब्यक्त गरीन । कलाकै माध्यबाट जिल्ला चिनाई रहेका कलाकार शुसान्त श्रेष्ठले सम्मानबाट अझ दायित्व बढेको बताए । उता आफूलाई कलाको पत्रकारितामा गहकिलो मुल्याकन गरी पुरुस्कार सम्मान गरेकोमा आयोजक प्रति आभार ब्यक्त गर्दै पत्रकार राम कुमार एलनले कलम चलाउन उर्जा थप्पिएको बताए । यस्तै पत्रकार डब्बु क्षेत्रीले चलचित्र पत्रकारीतामा आफूले लामो समय कलम चलाएको अझ उर्जा थप्पिएको बताए । सम्मानित तथा पुरस्कृत सबैलाई मिलापको पनि हार्दिक बधाई तथा शुभकामना ।






