काठमाडौं,
वैशाख ३० ।
गायक दीप तामाङको नया गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘र्वाँइ र्वाँइ सारङ्गी’ बोलको रोमान्टिक सार्वजनिक गीतमा माया प्रेमका कुरा गरिएको छ ।
जितेन लेप्चाको शब्द तथा सङ्गीत रहेको यस गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् । ‘र्वाँइ र्वाँइ सारङ्गी’ले बोलको गीतलाई दर्शक/स्रोता मन जित्ने विश्वास लिएका गायक दीपले यस गीतको म्युजिक भिडियो छिट्टै निर्माण गर्ने तयारीमा रहेको बताएका छन् ।
https://www.youtube.com/watch?v=sPO0wI_jA-k






