काठमाडौं,
वैशाख २८ ।
चलचित्र ‘लक्ष्मी लज’ बन्ने भएको छ । मुभी मेकर्स प्रा. लि.को ब्यानर मा शंकर अधिकारी घायलको निर्देशन, जय गौतम र सुरज प्रधान निर्माता रहेको नेपाली कथानक चलचित्र ‘लक्ष्मी लज’ बन्ने भएको हो ।
घायलका अनुसार हाल प्रज्वल गिरी, दिपेन कोइराला र नव नायिका मा लिला खड्का लाई अनुबन्धित गरिएको छ भने बर्षा राउत, उतम पाठक, काउकुती कृष्ण लाई चयन गरिएको छ ।
चलचित्रमा दिव्य सुवेदीको छायांकन, रेखा पौडेल,चेतन सापकोटा र राजेश कुमार श्रेष्ठको सङ्गीत रहने छ । जेठको दोस्रो साताबाट छायाँकन गरिने यो चलचित्रका अन्य कलाकारको छनौट भइरहेको शंकर अधिकारीले बताए ।






