डान्सिङ बिटको ‘फास्ट-फास्ट’ (कल्पना) सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख २६ ।

‘डश म्युजिक’ र चाम्लिङ ईन्टरटेइन्टमेन्टले नचाउने खालको नयाँपनको गीत लिएर आएको छ । मन जित्नेखालको नयाँ गीत ‘फास्ट–फास्ट’ (कल्पना) बोलको डान्सिङ बिटको गीतको भिडियो यूट्युबमार्फत सार्वजनिक गर्दै नायिका प्रियंका कार्की र सुनिल क्षेत्रीको साथमा नेपाली ठिटोलाई प्रस्तुत गरेको छ ।

गायक शंकर थापा ‘स्माईल’ र गायिका सुमि चाम्लिङ राईको स्वरले भरिएको यो गीतमा गीतकार डी.पी. खनालको शब्द रचना रहेको छ भने सङ्गीतकार एवम् गायक शंकर थापा ‘स्माईल’को सङ्गीत रहेको छ । उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ ।

फास्ट फास्टमा नायिका तथा हालै एपीवान टेलिभिजनमार्फत प्रशारित रियालिटी शो ‘बुगिबुगी’कि निर्णायक प्रियंका कार्की र भारतीय टेलिभिजन शो डिआईडीबाट आफूलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल क्षेत्रीको साथमा डान्स ग्रुप ‘नेपाली ठिटोज’को धमाकेदार नृत्य तथा अभिनय रहेको छ ।

म्युजिक भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । सुनिल क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको यस गीतको अडियो भिडियो डश म्युजिक नेपाल र चाम्लिङ ईन्टेरटेईन्मेन्टको सहकार्यमा बजारमा ल्याएको हो ।

यसमा तपाइको मत

अन्य समाचार