बिर्सन सक्दिन र अक्षता पछि आर्या लिएर आए रोशन

काठमाडौं,
वैशाख २५ ।

गीतकार रोशन भट्टराई आर्या लिएर आएका छन् । ‘बिर्सन सक्दिन’ र ‘अक्षता’ पछि उनले तेस्रो एल्बम ‘आर्या’ सङगीत पारखीमाझ लिएर आएका हुन् ।

एल्बमलाई राजधानीमा हालै आयोजित कार्यक्रममा गीतकार रोशनसँगै गायकद्वय आनन्द कार्की र मदन गोपालले एल्बम सार्वजनिक गरेका हुन् ।

एल्बममा ‘के सौन्दर्य हुन्छ फूल’, ‘बिहानी घामको किरण’, ‘नेपालका छोरा हामी’ र ‘मायालु मुहार तिम्रो’ जस्ता देशभक्ति र मायाप्रेमका गीत सङ्ग्रहित छन् ।

गीतमा नवीन के भट्टराई, किरण प्रधान, डी मोर्चा र सन्तोष लामाको स्वर तथा उमेश रेग्मी ‘युमेश’, न्ह्यु बज्राचार्य र डी मर्चाको सङ्गीत रहेको छ ।

‘समाजसेवासँगै समय समयमा एल्बम निकाल्न पाउँदा मन आनन्दित हुन्छ’, गीतकार भट्टराईले भने, ‘सबै फ्लेबरका गीत लेख्ने भएकाले पनि मेरो गीतको फ्लेबर यो नै हो भन्न मलाई गाह्रो छ ।’ उनले भने ।

एल्बममा रहेका ‘के सौन्दर्य हुन्छ फूल’ र ‘वीर नेपाली’को भिडियो पनि स्रोता/दर्शकमाझ आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार