कमल सौरागको तिमी एक प्रेम कथा (भिडियोसहित)

रोशन पोखरेल,
काठमाडौं,
वैशाख २१ ।

गायक कमल सौरागको तिमी एक प्रेम कथा सार्वजनिक भएको छ । विन्ध्यावासिनी म्युजिक प्रा.लि.को प्रस्तुतिमा गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक भिडियोमा प्रेमका भावहरुलाई मर्मस्पर्शी रुपमा समेटिएको छ । राजकुमार बगरको शब्द सिर्जना तथा सङ्गीत संयोजनमा रहेको गीतलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेको छन । दीपक विष्टले सम्पादन तथा काजिश श्रेष्ठले निर्देशन गरेका छन । भिडियोमा अनु शाह र कमल सौरागको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार