काठमाडौं,
वैशाख २० ।
गायक सुवास लामा पाख्रिन ‘अमर रहोस मायामा’ गीत लिएर आएका छन् । उनले दर्शक/स्रोतामाझ ‘अमर रहोस मायामा’ लोकदोहोरी गीतको भिडियो लिएर आएका हुन् ।
सैलुङ अनलाइनको युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा गायक पाख्रिनलाई गायिका निशा लामाले साथ दिएकी छन् ।
गीतसङ्गीत र स्टेज कार्यक्रमहरुमा पछिल्लो समय ब्यस्त देखिएका कलाकार हुन् सुवास । गायक पाख्रिनको गीतमा मायाप्रीतिका शब्दहरू उनीएका छन् ।
एरिन तामाङ र बिनु तामाङले गरेको फिचरिङमा एकआपसमा मायाको सम्बन्धलाई उठाएको छ । हिमालयन इन्टरटेन्टमेन्ट प्रा.लि.को प्रस्तुतिरहेको म्युजिक भिडियोमा शब्द सङ्गीत गायक पाख्रिनकै छ भने जनकराज अधिकारीले छायाँङ्कन गरेको छ । बुद्ध स्याङ्बाको एरेञ्ज र जोहन राईले निर्देशन/सम्पादन गरेका छन् ।






