हैरानको हिरो सार्वजनिक

काठमाडौं,
वैशाख १७ ।
विश्वकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशन रहेको चलचित्र ‘हैरान’को ‘हिरो’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका गजित विष्ट, निश्मा घिमिरे, बुद्धि तामाङ, सगर लम्साल र पुस्कर रेग्मीको अभिनय देख्न सकिन्छ ।

गीतमा सङ्गीत र स्वर राजन इशानको रहेको छ भने अभिनेता गम्भीर विष्टले यसलाई लेखेका हुन् । चलचित्रको कथा अनुसार गीत तयार गरिको अभिनेता गजितले बताए ।

आगामी जेठ ४ देखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको यो चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मालगायतको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार