रोशन पोखरेल
काठमाडौं,
वैशाख ११ ।
नेपाली लोकदोहोरी गीतमा माया प्रेम र मौलिक रचनाहरुको श्रृङख्लाबद्ध रुपमा आगामन भइरहेको अवस्थामा शुभारम्भ डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा कर्णविर शाहीको लोक सौगात ‘केटी मै ध्यान जाने’ गीत गायक कर्णविर शाही र गायिका राधिका हमालको लोकदोहोरी एल्बम बजारमा आएको छ ।
किशोर अवस्थामा रहेका केटाकेटीमा हुने मनोवैज्ञानिक भावलाई गीतमा समावेश गरिएको छ । मायामा परेका मायालु जोडीमा हुने एक अर्का प्रतिको आकषर्णलाई गीतमा ब्यक्त गरिएको छ ।
गायिका राधिकाले आफू मायामा पागल बनेको कुरा खोलेकी छन । कर्णविर शाहीको सर्वोकृष्ट शब्द तथा लय सिर्जनामा जीवनको बास्तविक भावहरुलाई गीतमा समेटेर तयार पारिएको छ ।
‘केटी मै ध्यान जाने’ गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा मोडल करिष्मा ढकाल, रोहन शङकर र युनिकको स देख्न सकिन्छ । ‘केटी मै ध्यान जाने’ गीतको छायाँकन अजय रेग्मीले गरेका हुन भने सम्पादन दीपक विष्टले गरेका छन् ।






