अधिकृत क्याडेटमा छनोट विद्यार्थीलाई डिक्यानद्वारा सम्मानीत

मदनकृष्ण सिलवाल
काठमाडौं,
वैशाख ११ ।

नेपालकै गरिमामय संस्था नेपाली सेनाको अधिकृत क्याडेटमा छनोट हुन सफल भएकोमा डिफेन्स क्यारियर एकेडेमी नेपाल (डिक्यान)ले आफूले प्रशिक्षण दिएका विद्यार्थीहरूलाई लक्षित गरी वधाई तथा शुभकामना कार्यक्रम आज सम्पन्न गरेको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमबीच छनोट हुन सफल अधिकृत क्याडेटहरूलाई प्रमुख अतिथि पूर्व प्रधानसेनापति महारथी रुक्मागद कटवाल, डिक्यानका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक गुप्तबहादुर श्रेष्ठ तथा कार्यकारी निर्देशक डा. राजेन्द्र केसीले दोसल्ला ओढाई सम्मानीत गर्नुभएको हो ।

सो अवसरमा पूर्व रक्षा सचिव आत्माराम पाण्डे, पूर्व सशस्त्रप्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, पूर्व सहायक रथी हेमकर शम्शेर जवरा, पूर्व सहायक रथी छविलाल खड्का लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

नेपाली सेनाका लागि १ सय ५० जनाको आवेदन खोलिएकोमा १ सय ४४ जना छनोट भइसकेको अवस्था छ । यसमध्ये डिक्यानबाट प्रशिक्षण लिएका ९७ जना प्रशिक्षार्थीहरू नेपाली सेनामा छनोट भएका छन् ।

डिक्यान नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान सेवा चारैवटा सुरक्षामा प्रवेश गर्न चाहने उमेद्वारहरूलाई शारीरिक तथा लिखित परीक्षाको तयारी गर्ने नेपालकै एक मात्र संस्था हो ।

विगत २ वर्षदेखि निरन्तर रुपमा सेवा प्रदान गर्दै आइरहेको यस संस्थाले ती चारवटै सेवा क्षेत्रमा भर्ना हुने विज्ञापन खुलेको अवधिदेखि पासआउट नभएसम्म निरन्तर रुपमा विद्यार्थीहरूलाई प्रशिक्षण दिने कार्य गरिरहेका छाँै, डिक्यानका कार्यकारी निर्देशक डा. राजेन्द्र केसीले बताउनुभयो ।

कार्यकारी निर्देशक डा. केसीका अनुसार नेपाल सेनाका सैन्यदेखि अधिकृत तहका प्राविधिक र अप्राविधिक प्रशिक्षण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सिपाहीदेखि असई, इन्सपेन्टर (प्राविधिक र अप्राविधिक), र राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान सहायकदेखि अनुसन्धान अधिकृतसम्मका प्रशिक्षणहरू डिक्यानबाट लिन सकिनेछ ।

आगामी दिनमा डिक्यानले प्रिस्याट र स्यान को प्रोगाम, नेपाल प्रहरी र शसशस्त्र प्रहरीको स्टाफ कलेज कोर्स(डिएसपीहरूले गर्ने कोर्स)को समेत तयारी गर्न लागिरहेको छ । अहिलेसम्म १ हजार जनाभन्दा बढीले सुरक्षा निकायको प्रशिक्षण लिइसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार