काठमाडौं,
वैशाख ८ ।
नयाँ बर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको स्रोत” भन्ने मूल नाराका साथ नेपाली नया बर्षको पूर्व सन्ध्यामा सुरु गरिएको भक्तपुरमा चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ को समापनको दिन बैसाख ५ गते सहिद मेमोरियल हस्पिटलको नर्सिङ डाइरेक्टर, स्वास्थ्यकर्मी तथा समाजसेवी सिर्जना महत सम्मानित भएकी छिन ।
भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा भएको महोत्सबमा स्वास्थ्य तथा सामाजिक कार्यमा देश तथा सामाजिक क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानलाई कदर गर्दै नर्सिङ डाइरेक्टर सिर्जना महतलाइ सम्मानित गरिएको थियो । प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाको मेयर बासुदेब थापा तथा औधोगिक शान्ति नेपाल सस्थाका अधक्ष्य सन्दिप महतले उनलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मानित गरेका थिए ।
नर्सिङ डाइरेक्टर सिर्जना महत, नर्सिङ डाइरेक्टर, स्वास्थ्यकर्मी तथा समाजसेवी मात्र नभएर एक मोडलको रुपमा पनि चर्चित छिन । सुपर प्लस साइज मोडल २०१८ को सेकेण्ड रनर भएसँगै उनि चर्चामा आएकी हुन । आफ्नो पेशा सँगै सँगै स्वास्थ्य शिक्षा तथा सामाजिक क्षेत्रमा उनले खेलेको भूमिकालाई उच्च मुल्याङ्कन गर्दै चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ मा उनलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
लामो समयदेखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा चौथो पटक चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४र७५ आयोजना गरिएको थियो ।






