मलाई नेपाली चेली भन्दा सुहाकै छ भन्दै लिजा

काठमाडौं,
बैशाख ८ ।

गायिका लिजा लामाले पछिल्लो पटक ‘मलाई नेपाली चेली भन्दा सुहाकै छ’ बोलको गीत रेकर्ड गराएकी छन् । बीबी थापाको शब्द, मनोज चौलागाईंको सङ्गीत रहेको उक्त गीतको चाँडै भिडियो मिर्माण गर्ने लामाले बताइन् ।

पप, आधुनिकमात्र होईन सबै प्रकारको गीत गाउन आफू तयार रहेको बताउने गायिका लामा चलचित्रको पाश्र्वगायनमा आशा लाग्दी गायिका हुन् । लिजा नेपाली गीत, सङ्गीतको क्षेत्रमा लागेर आफ्नो भविष्य सुनिश्चित बनाउने प्रयासमा छिन् ।

उनी सानै उमेरदेखि सङ्गीत क्षेत्रमा सकृय रहदै स्कुले जिवनमा पनि थुप्रै साँस्कृतिक कार्यक्रममा आफ्नो गलाको कला देखाई सकेकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार