चाम्लिङ दोबालिछा समाज नेपालद्वारा भोगिन्द्र सम्मानित

काठमाडौं,
वैशाख ६ ।

समाजसेवी भोगिन्द्र राईलाई चाम्लिङ सम्मानित भएका छन् । साउदी अरबमा रहेका पीडित प्रेमबहादुर राई बचाऔं अभियानमा आर्थिक सहयोग गर्नुभएकोमा समाजसेवी भोगिन्द्र राईलाई चाम्लिङ दोबालिछा समाज नेपालले राजधानीमा एक कार्यक्रमबीच सम्मान गरेको हो ।

चोरी आरोपमा साउदी अरबमा रहेका प्रेमबहादुर राईको परिवारलाई भोगिन्द्र राईले १ लाख ८२ हजार ८ सय ७० रुपैया हस्तान्तरण गरेका छन् । उनलाई अबिर खादा ओढाएर समाजका अध्यक्ष जीतकुमार राई र प्रेमबहादुर बचाऔ अभियानका सदस्य ईन्द्र कुलुङले सम्मान गरेका थिए ।

सम्मानित राईले कार्यक्रम इन्द्रेणी र समाजसेवी अनिता ताम्बुछा राईबाट पीडित इन्द्रबहादुरबारे जानकारी पाएपछि एकले थुकी सुकी नदी भनेझैं हामी धेरै जना मिलेर रकम सङ्कलन गरेका हौ । समाजसेवामा अझै खट्न ऊर्जा मिलेको छ भने ।
इलाम माइनगरपालिका–४ , शुक्रबारेका प्रेमबहादुर राईको उद्वारका लागि आर्थिक सङ्कलनमा सहयोग पुर्याउनु भएकोमा भोगिन्द्र राईलाई सम्मान गरिएको चाम्लिङ दोबालिछा समाजका सह कोषाध्यक्ष श्रीराम राईले बताए ।

कार्यक्रममा मिलाप पत्रिकाका सम्पादक कृष्ण भुसालले यस अभियानलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने कुरा बताए । त्यसैगरी कार्यकारी सम्पादक गीता अधिकारीले वैदेशिक रोजगारीले भोग्नु परेको यस्ता खाले पीडाले आफू पनि धेरै मर्माहत भएको र मिडियाले यस्ताखाले अभियान लाई पूरा गर्न लाग्नु पर्ने बताइन ।

यसैगरी कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेले समाजसेवी भोगिन्द्र राईलाई धन्यवाद ज्ञापन गर्दै युवाहरू विदेश पलायन हुनुको दुःखको कुरा हो । राज्यले यस्तो समस्यामा परेकाहरूको उद्वार र दक्ष जन शक्तिहरूलाई विदेश पलायन हुनबाट रोक्न अब पनि ढिलाइ गरे झन् यस्ता खाले समस्या दोहोरिरहने कुरा बताए ।

प्रेमबहादुर बचाऔ अभियानको सदस्य ईन्द्र कुलुङले कार्यक्रम इन्द्रेणीले थालेको यो अभियानलाई कान्तिपुर, गोरखापत्र, नागरिक , नयाँ पत्रिका र विभिन्न अनलाइन मिडियाले सहयोग पुर्याएकोमा खुसी व्यक्त गर्दै यस्ता खाले अभियानमा मिडियाको अहम् भूमिका रहेको बताउँदै अभियान सफलतातर्फ बढेको बताए । कार्यक्रममा डिल्लीराम सुवेदी, जोजन राईलगायतको उपस्थिति रहेको थियोे ।

यसमा तपाइको मत

अन्य समाचार