अनिलाको संयोजत्वमा क्यान्सरपीडित विपिनलाई चार लाख चार हजार ३ सय ११ रुपैयाँ सहयोग

काठमाडौं,
बैशाख ४ ।

क्यान्सरपीडित १६ वर्षीय विपिन राईलाई ४ लाख ४ हजार ३ सय ११ रुपैयाँ थप उपचार खर्च जुटेको छ । सो रकम बेलायतमा बस्दै आएकी गायिका तथा समाजसेवी अनिला राईले ‘विपिनलाई बचाऔं अभियान’मार्फत जुटाएकी हुन् ।

अनिलाको संयोजत्वमा सङ्कलित उक्त रकम मातातिर्थ औसी अर्थात आमाको मुख हेर्ने दिन पारेर सोमवार पीडितका बाबुआमालाई हस्तान्तरण गरिएको हो । सो रकम ललितपुरस्थित बिएफबिएस रेडियोको कार्यलयमा अनिलाको आमा सत्यवति राई, बाबु गंगाराम राई र मनहरी चाम्लिङले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

युकेमा बसेर पनि नेपाली सङ्गीतमा निरन्तर अगाडि बढ्दै आएकी अनिलाले उक्त रकम विभिन्न सयहोगी व्यक्तित्वहरुबाट सङ्कलन गरेकी हुन् ।

स्थानीय सोलुका क्यान्सरपीडित विपिनको उपचार खर्चमा अभाव भएको थाहा भएपछि सहयोग रकम जुटाउन अभियान चलाएकी अनिलाले बताइन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत दुई साता चलाएको अभियानमार्फत विभिन्न सहयोगी हातहरुले यतिका रकम सङ्कलित भएको बताउँदै अनिलाले सहयोग गर्नेहरुप्रति आभार समेत व्यक्त गरेकी छन् ।

फोक्सोको क्यान्सरपीडित विपिन केही समययता नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारत छन् । आर्थिक अभावले समयमा छोराको उपचार गर्न नसकेको विपिनकी आमाले दुखेसो पोख्दै आएकी छन् । यसैबेला विभिन्न सहयोगी मनहरु विपिनलाई उपचार खर्च जुटाउँदै आएका छन् ।

यसअघि पनि युकेबाटै केही रकम जुटेको थियो । यसरी विपिनका लागि उपचार खर्च जुट्नुमा प्रिति राईको पनि देन छ । समाजसेवी प्रितिकै कारण गायिका अनिलालगायतले व्यक्तित्वहरुले विपिनलाई सहयोग जुटाएका हुन् ।

त्यस्तै, सोमवार अमेरिकाबाट मच्छे गुरुङ, रवी कोइराला र एपी परदेशीले १५ हजार सहयोग गरेका छन् भने गायक हेमन्त शर्माले पनि विपिनलाई आर्थिक सहयोग गर्ने बताएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार