काठमाडौं,
बैशाख ३ ।
आमाको मुख हेर्ने अघिल्लो दिन गायक लेखु सहयात्रीले ‘आमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक सहयात्रीको स्वर तथा राजन खतिवडाको सङ्गीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् भने मिक्सिङ श्यामस्वेत रसाईलीले गरेका हुन् ।
अर्जुन अधिकारीको निर्देशनमा बनेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको छ ।
सुशान्त खत्री यो गीतमा फिचर्ड छन् । उनी यसकारण पनि चर्चामा छन् जसले भारतीय डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका थिए ।
उनले यसअघि पहिलोपटक म्युजिक भिडियोको रुपमा ‘यो मुटु दुख्छ किन’ मा समेत अभिनय गरिसकेका छन् । आमाहरुलाई सर्मपित गरेर लेखिएको शब्दमा सुशान्तले निकै दमदार फिचरिङ गरेका छन् ।
https://www.youtube.com/watch?v=Qih2fKDqmFg






