दीपकको मानमागन सार्वजनिक

काठमाडौं,
बैशाख २ ।

गायक दीपक बज्राचार्यले आफ्नो नयाँ गीत ‘मनमागन’ सार्वजनिक गरेका छन् । सार्वजनिक गीतलाई दीपकले आयोजित कन्सर्टमा सार्वजनिक गरेका थिए ।

राजधानी स्थित सिभिल मलमा आयोजित कन्सर्टमा दीपकले आफ्नो गीत पनि सार्वजनिक गरेका हुन् । दीपकको एकल कन्सर्टमा उनले आफ्नो चर्चित गीत मार्फत उपस्थितलाई मनोरञ्जन दिईरहेका थिए ।

यसैबीच उनले ‘मनमागन’ पनि देखाए । उपस्थितले उनको गीतलाई रुचाए । गीत सार्वजनिक समारोहमा गीतका गायक दीपकसँगै भिडियोका निर्देशक सुव्रतराज आचार्यको उपस्थिति रहेको थियो ।

दीपकले अल्लारे, ओ अमिरा, जुजु नाना नाना, कालि कालि, सानी, प्रिय तिमी आयौ बोलको गीत गाएका थिए । उनको छोरी चेरिसा बज्राचार्यले पनि Despacito Medley बोलको एक गीत गाएकी थिइन् ।

यसमा तपाइको मत

अन्य समाचार