हेटौडामा डमरुको डण्डीबियो

हेटौडा,
बैशाख २ ।

चलचित्र डमरुको डण्डीबियोले हेटौडामा पत्रकार सम्मेलन गरेको छ । चललिचत्रका नायक खगेन्द्र लामीछाने, निर्माता बिनोद गुरुङ्, नायिका लक्ष्मी बर्देवाको टोली हेटौडा आईपुगी पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी दिएको हो ।

यही बैशाख २१ गतेदेखी देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्रको प्रचारप्रसारको क्रममा हेटौडा आईपुगेको टोलीले चलचित्र खेलकुदलाई जोडेर मनोरञ्जनात्मक रुपमा चलचित्र निर्माण गरिएको जनाएको छ ।

कार्यक्रममा बाोल्दै चलचित्रका नायक लामीछानेले नेपालको राष्ट्रिय खेलको रुपमा रहेको डण्डीबियो पछिल्लो समय लोप हुन लागेकोले राष्ट्रिय खेलको उत्थानको लागी चलचित्र निर्माण गरिएको बताए । उनले चलचित्र डमरुको डण्डीबियो मौलिक चलचित्रका साथै मनोरञ्जनात्मक भएकाले हलबाट कसैले पनि निराश भई फर्कन नपर्ने बताए ।

चलचित्रका निर्माता गुरुङ्ले चलचित्रले दर्शकहरुको मन जित्ने बताए । कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौतमको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार