ताराप्रकाशले ल्याए देशभक्ति गीत (भिडियोसहित)

काठमाडौं,
चैत ३० ।

गायक तथा सङ्गीतकार ताराप्रकाश लिम्बूको नयाँ देशभक्ति गीत रिलिज भएको छ। सार्वजनिक ‘मेरो प्यारो मेरो देश मेरो नेपाल’ बोलको गीतमा तार प्रकाश स्वर तथा सङ्गीत सुन्न सकिन्छ ।

गीतकार मुकेश राईको गीती एल्बम ‘मनोकांक्षा २’मा समावशे यस गीतमा देश प्रतिको माया व्यक्त गरिएको छ ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा ताराप्रकाश आफै फिचरिङ छन् । देशभक्ति भावनालाई देखाइएको भिडियो नेपालका विभिन्न ऐतिहासिक स्थलहरुमा छायाँकन गरिएको छ । भिडियोमा तारा प्रकाश देशभक्ति नेपालीको रुपमा प्रस्तुत छन् ।

आफूले धेरै रोमान्टिक गाइसके पनि देशभक्ति गीत गाउने इच्छा भएका कारण यस गीत तयार गरेको तारा प्रकाश बताउँछन् । भन्छन् ‘मैले धेरै रोमान्टिक गीत गाए । तर, पनि मनमा कता कता देशभक्ती गीत गाउने इच्छा सधै थियो । त्यसैले यो गीत गाए ।’ देशभक्ति भावनाको गीत भएकाले पनि यस गीतलाई दर्शक-स्रोताले पनि मन पराइदिने उनी बताउँछन् ।

राजिप समरको नृत्य निर्देशन रहेको यस गीतको भिडियोमा सैरभ लामाको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार