काठमाडौं,
चैत २७ ।
गायिका रितिका जिरेल सारीको छेउ भन्दै आएकी छिन् । उनको स्रोता÷दर्शकमाझ आएको नयाँ आधुनिक गीतको भिडियो उनले यसो भनेकी हुन् ।
गीतमा सङ्गीत, शब्द जिरेलको नै रहेको छ भने इन्द्र जिसिले एरेञ्ज गरेका छन् । टी टाइम म्युजिको यूट्युव च्यानलबाट सार्बजनिक भएको यस गीतको भिडियोलाई टंक केसीले खिचेका हुन् भने मदा खडले निर्देशन गरेका छन् ।
रमाइलो गर्दा सारी मिलाए देउन भन्ने शव्दलाई सर्जकले गीतमा उतारेका छन् । उक्त गीतको भिडियोमा गायिका रितिकासँगै हाँस्य कलाकार भीम केसी, ऋृतु लामा, रुख्मिला, समिक्षा, सनाया र रमिताले अभिनय गरेका छन् ।
यसको सम्पादन विकास ज्ञवालीले गरेका छन् । गायन सँगसगै मोडलिङमा पनि आगामी दिनमा आफुलाई स्थापित गर्ने चाहना रहेको गायिका बताउँछिन् ।






