काठमाडौं,
चैत २१ ।
गायक थुपतेन भुटियाको ‘सुखी मनले…’ गीत सार्वजनिक भएको छ । सनम कठायत र कोमललाई फिचरिङ गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।
भावेश भुमरीको शब्द रहेको गीतमा प्रदिप क्षेत्रीले सङ्गीत भरको छन् । आयुष क्षेत्रीले निर्देशन गरेको गीतको भिडियोलाई मुकेश हुमागाइँले छायाँकन गरेका हुन भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।
निक्कै मार्मिक यो गीतको भिडियोमा सनम र कोमलको अभिनय तारिफयोग्य रहेको छ । मनछुने गीतको दृश्य छायाँकन पनि त्यतिकै शसक्त रहेको छ ।






