काठमाडौं,
चैत २१ ।
सिर्जना कार्कीको नयाँ गीत ‘माया…’ सार्वजनिक भएको छ । गायिका कार्कीको नयाँ गीत मायाको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
पछिल्लो समय आफूले गाउने अधिकांश गीतमा आफैं सङ्गीत सिर्जना गर्न थालेकी गायिका कार्कीले माया गीतमा पनि आफैंले सङ्गीत भरेकी छिन् । गीतका शब्दहरु पनि उनैले रचना गरेकी छिन् । रचनामा उनलाई उनकै भाइ अर्पण कार्कीले सहयोग गरेका छन् ।
यो गीतमा उनले प्रेमीको मायामा आफू हराएको कुरा गरेकी छन् । हर्कुलस बस्नेतको सङ्गीत संयोजन रहेको यो गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका हुन् । रामकुमार केसीले भिडियोलाई छायांकन गरेका छन् ।






