काठमाडौं,
चैत २० ।
नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक दलले परिवार कुनै राजनैतिक दलसँग एकिकरणमा नजाने निर्णय गरेको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा काठमाडौँमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्बाचनमा वामगठबन्धनसँगको सहकार्यको बारेमा गम्भीर समिक्षा गर्दै नेकपा एमाललेसँग भएको ३ बुदे सहमति अनुसारको सहकार्यमा अघि बढ्ने तथा गठबन्धनने निर्बाचनको क्रममा गरेको प्रतिबद्धता पुरा गर्न बिचलित नभई अग्रसर हुन सरकार तथा वाम गठबन्धनलाइ आग्रह गर्ने निर्णय गरेको दलका महामन्त्री बिनोद डाँगीले बताएका छन् । परिवार दलले सरकारलाई गुण र दोषको आधारमा समर्थन वा बिरोध गर्न सकिने तथा कुनै पनि निकायवाट हुन सक्ने गलत कार्यको खबरदारी गर्ने समेत निर्णय गरेको छ ।
बैठकले नेपाल परिवार दललाई बैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा स्थापित गराउन सबै प्रदेश र मातहतका स्थानीय निकाय तथा तहमा राजनैतिक प्रशिक्षण, सदस्यता वितरण र सङ्गठन विस्तार अभियानलाई व्यापक रुपमा सञ्चालन गर्ने र देश भरिका परिवार दलका नेता, कार्यकर्ता, सुभेच्छुक सबैलाइ उच्च आत्मबलका साथ पार्टी विस्तार अभियानमा लाग्न आब्हान गर्ने निर्णय गरेको दलका प्रबक्ता सन्तोष कुमार पौडेलले जानकारी दिए । साथै बैठकले समान विचार तथा मुद्धामा विभिन्न राजनैतिक दलहरुसँग सहकार्य गर्ने तर अन्य कुनै पनि दलमा एकीकरणमा भने नजाने निर्णय गरेको छ ।

बैठकमा बोल्दै दलका अध्यक्ष एकनाथ ढकालले देशमा स्थायित्व र आर्थिक समृद्धिको लागि वाम प्रगतिशील गठबन्धनलाई सहयोग गरेको बताउदै दलले स्थापना कालदेखि निर्बाह गर्दै आएको अभिभाबकिय भूमिकालाई थप सक्रिय बनाउन तथा देश र जनताको आबस्यकता अनुसार विभिन्न रचान्नात्मक शान्तिपूर्ण कार्यक्रम गर्दै जन बिश्वाश हासिल गर्न आफ्ना नेता र कार्यकर्तालाई आग्रह गर्नु भएको दलका सचिब गोबिन्द मिश्रले बताए ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा कुनै पनि विवादास्पद निर्णय नगर्न र भ्रमणलाई सदभाब र आर्थिक मुद्धामा केन्द्रित गर्न सुझाब दिने निर्णय गरेको केन्द्रिय सदस्य अशोक चौधरीले बताए । बैठकले पार्टीका नेता तथा अगुवा कार्यकर्तालाई उच्च अनुशासनमा रहन, अग्रपंथी लोकतन्त्रलाई दैनिक जिबनमा आत्मसात गर्न, राष्ट्र र जनतालाइ प्रमुख प्राथमिकमा राख्न, देशभक्तिको भावना बोक्न,सम्पूर्ण नेपाली नागरिकको आन्तरिक एकता बलियो बनाउदै लैजान आग्रह समेत गरेको दलकी कोषाध्यक्ष मिलन राजबंशीले बताईन ।






