काठमाडौं,
चैत १५ ।
गायक युगेश लिम्बुको गुनगुनाउँदै छु सार्वजनिक भएको छ । रक पप गायकका रुपमा परिचित उनको गुनगुनाउँदै छु गीतको भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा युगेशकै शब्द सङ्गीत रहेको छ ।
शान थापाको निर्देशनमा रहेको भिडियोमा गायक लिम्बु र भावना थापा फिचरिङ छन् । राजिप समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् ।
अमेरिकामा बस्दै आएका युगेश विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा आब्बध छन् । त्यहाँ उनको आफ्नै सङ्गीतिक टिम (ब्याड) छ । उनले केही अग्रेजी गीत समेत गाएका छन् । तर, पनि नेपाली सङ्गीत प्रति माया भएकाले नेपाली गीतमा काम गरिरहेको उनी बताउँछन् ।






