कहिल्यै पराधिन हुन नपरेको नेपालको इतिहासलाई मूल्याङ्कन गर्दा ‘नत्वेवार्यस्य दास भावः’ अर्थात् आर्य जातिलाई कहिल्यै पराधिन बनाउन सकिँदैन भन्ने चाणक्यको उद्गार नेपालीहरूले आत्मसात गरेको देखिन्छ । स्वतन्त्रता, स्वभिमान र स्वाधिनताको महत्व आर्यदर्शनबाट ग्रहण गरेका नेपालीहरूले विश्व औपनिवेशिक युगमा छिमेक भारतमा ब्रिटिश साम्राज्यवादी शक्तिले उपनिवेश कायम गराइसक्दा पनि आफ्नो मुलुकलाई एकीकरणको माध्यमबाट एकीकृत गराई सदा स्वतन्त्र बनाइराख्न सफल भए । विश्वकै प्राचीन र जेठो देशहरूमध्ये नेपाल पनि एक भएको गर्व आज आम नेपालीहरूले गर्न पाउनुमा आर्यदर्शनको प्रभाव स्पष्टसँग बुझ्न सकिन्छ ।
आर्यदर्शन र आर्यावर्तको चिन्तन परम्पराले गोरखाका राजा पृथ्वीनारायण शाहलाई बृहत्तर सोचाइका लागि प्रेरित गरेको देखिन्छ । आसमुद्रात्तुवे पूवीदासमुद्रात्तु पश्चिमात् । तयोरेवान्तरं गिर्योरियवर्त विर्दुबुधाः । अर्थात्, पूर्व पनि महासमुद्र र पश्चिम पनि महासमुद्र साथै ती दुवै समुद्रका बीचका अरू पर्वतहरू समेतलाई ऋषिहरूले आर्यवर्त भन्दै आएका थिए । उत्तरमा हिमालय पर्वत, दक्षिणमा विन्ध्याचल पर्वत र यसको मध्यवर्ती देशहरूलाई समेत विद्वान्हरूले आर्यावर्त भनेका छन् । उत्तरमा हिमालय पर्वत भन्नाले पूर्व बर्मा इरावती नदी, आराकान्त पर्वतमाला हुँदै उत्तर हिन्दूकुश भएर कैलाश मानसरोवर अनि अभैm उत्तर–पश्चिम पामीरको गाँठो भएर रुसको दक्षिणी भाग वक्षुनदी, ताशकन्द समरकन्द, बुुखारा हुँदै इरानको पूर्वी भाग मशद, निरुसन्द, करमानसम्मको भागलाई उत्तरको हिमालयले सीमा छुट्याएको छ । दक्षिणतर्पm विन्ध्याचल पर्वतका मध्यवर्ती देश कृष्णा, गोदावरी, कावेरी हुँदै रामेश्वरसम्मको प्रदेश पर्दछ ।

विन्ध्याचल दक्षिणमा देशहरू विन्ध्याचलकै मध्यवर्ती देश यसमा आर्यहरूले बसाएका मानिसहरूको बस्ती भएकाले ती स्थानहरू पनि आर्यावर्तभित्रै मानिन्छन् एवम्प्रकार (१) ब्रह्मावर्त (२) ब्रहहार्षदेश (३) मध्यदेशका साथै वाली, सुमात्रा, चम्पा सभ्यता (भियतनाम, कम्बोडिया, थाइल्याण्ड, गन्धार, अफगानिस्तान, पाकिस्तानमा पैmलिएको आर्यसभ्यतालाई नेपाली धार्मिक राजा, विद्वान् र जनताहरूले बुझेको देखिन्छ, ‘कृण्वन्तो विश्वमार्यम’ विश्वलाई सुसंस्कृत र सभ्य बनाऔं भन्ने आर्यदर्शनको प्रभावका कारण एकीकरणपश्चात् जितिएका राज्य र त्यहाँका जनतालाई त्यहीँको मान्यता चलनअनुरुपको व्यवस्था गरी न्यायोचित व्यवहार गरेको पाइन्छ ।
- केशवप्रसाद चौलागाईं
आर्यदर्शन र आर्यावर्तको प्रभावलाई बुझ्न वि.सं. १८४९ को नेपाल–चीन युद्धमा विजयपश्चात् नुवाकोट भैरवी मन्दिर द्वारको कनकपत्रको केही अंश पनि महत्वपूर्ण छन् । ‘भैरवीको उत्कट भक्तिभावले प्रकट भएकी सुमति भएका यी राजकुमार श्री बहादुर शाहले ती बालक राजा श्री ५ रणबहादुर शाहलाई काखमा राखेर शासन गरिरहनु भएका बेलामा गंगाको साँध थियो, त्यसै अवसरमा नेपालको विध्वंश पार्ने विचार लिएर आएको चीनको वादशाह (वादशाहको प्रतिनिधि ज्वाइँ वजिरढुङयाङ)ले आफ्नै ठूलो फौजको विध्वंश पारेको देखेर कुलेलम ठोक्यो । हे माता ! हे भैरवी !! हे मङ्गलकारिणी !!! भक्तिभावले पुण्यात्मा राजा रणबहादुर शाह र युवराज बहादुर शाहले यो सुनले बनाएको छानु र सुनैले बनाएको ढोका अरू सामग्रीसमेत अर्पण गरेका छौं । यो तिम्रा प्रीतिका निम्ति ह्वस्, क्या भक्तिपूर्वक सुदामाले ल्याएका अलिकति सिरौँला कृष्णले मीठो गरी चबाउनु भएन र ?’ नेपाल–चीन मुद्दामा नेपाली सेनाले देखाएको सुझबुझ र वीरता तथा जीतपश्चात् भैरवी मन्दिरमा चढाएको सुनको छानो र कनकपत्र लाई हृदङ्गम गर्दा आर्यावर्तको भावना र देवसेनाको स्थिति देखिन्छ ।
पशुपतिनाथ, विश्वव्यवस्था र नेपाली परम्पराः वेदः शिवः शिवो वेदः । वेद नै शिव हुन् र शिव नै वेद हुन् भन्ने शास्त्रीय वचनले वेद र शिवलाई एकै सिक्काका दुई पाटोका रुपमा एकाकार गरेको देखिन्छ । उनै शिवको उपस्थिति नेपालमा पशुुपतिनाथको रुपमा अवस्थिति रहेकाले देवीशक्तिको प्रभाव र उपस्थिति साक्षात् रुपमा रहेको छ । ‘पश्यन्ति इति पशवः’ अर्थात् जसलाई संसारको आकर्षणले प्रभावित तुल्याउँदछ तिनै पशु हुन्छन् भनिएको छ । पशुत्वबाट मुक्ति दिलाउने पशुपतिनाथका बारेमा ईश्वर गीताको निम्न वचनले पनि स्पष्ट पार्दछ ।
आत्मानः प्रशवः प्रोक्ताः सर्वे संसार वतिनेः ।
तेषां पतिरहं देवः स्मृतः पशुपर्तिवुधैः ।।
मायापाशेन वध्नामि पशुनेतान् स्वलीलया ।
मामेव मोचकं प्राछुः पशुनां वेदंवादिनः ।।
मायापाशेन वद्धानां माचकोऽन्यो न विधते ।
मामृते परमात्मानं भूताधिपतिमब्ययम् ।।
चतुर्विशतितित्वानि माया कर्मगुणा इति ।
एते पाशाः पशुपतेः क्लेशाश्च पशुवन्धना ।।
अर्थात्, संसारको बन्धनमा परेका सम्पूर्ण जीवात्माहरू नै पशु कहलाउँछन् । तिनको पति र इष्टदेव म हुँ । त्यसैले विद्वान्हरू मलाई पशुपति भन्दछन् । म आफ्नो लीलाको क्रममा ती पशुहरूलाई मायारुपी पाशद्वारा बाँध्छु । वेदवेत्ताहरू ती पशुहरूको मुक्तिदाताको रुपमा मलाई नै बताउँदछन् । मायाको पाशद्वारा बाँधिएकाहरूलाई छुट्कारा दिलाउने सम्पूर्ण प्राणीको अधिति नै परमात्माबाहेक अर्को काही छैन । अविनाशी म परमात्मा नै तिनीहरूलाई मुक्त गरिदिन्छ । पाँच ज्ञानेन्द्रीय, पाँच कर्मेन्द्रीय, पाँच महाभूत, पाँच प्राण, मन, बुद्धि, चिन्तक र अहंकार यति चौबीस तत्वहरू र मायाले सिर्जना गरेको गुणहरूको यो समूह नै जीवात्मालाई बाँध्ने पाश कहलाउँछन् । पशुपतिका पाशका रुपमा यिनै चौबीस तत्व हुन्छन् । अनि भव बन्धनका रुपमा चाहिँ अनेकौ क्लेशहरू हुन्छन् । जीवलाई संसारिक बन्धनबाट मुक्त गराउने पशुपतिनाथ विश्व व्यवस्थाको उत्तरदायित्व बहन गर्ने देवताका रुपमा क्रियाशील देखिनुहुन्छ । संर्वदेवात्मको रुद्रः सर्वे देवाः शिवात्मकाः रुद्रात्पर्वतते बीज बीजयोनिसनार्दनः । यो रुद्रः स स्वयं ब्रह्मा यो ब्रह्मा स हुतासनः ।। ब्रह्मविष्णुमयो रुद्र अग्निषोमात्मक जगत् ।। यस कथनबाट रुद्र नै मूल प्रकृति पुरुषमय आदिदेव साकार ब्रह्म हुनुहुन्छ भन्ने प्रमाणित हुन्छ ।
शिव र रुद्र ब्रह्मको नै पर्यायवाची शब्द भएकाले शिवलाई रुद्रै पनि भनिएको हो । दुःखम द्राबति नाशयतीति रुद्रः । दुःख नष्ट गरिदिने भएकाले रुद्र भनिएको हो । एवम्प्रकार आदिदेव साकार ब्रह्मको रुपमा जीवहरूको दुःख नष्ट गर्नुका साथै मुक्ति दिलाउने भगवान् पशुपतिनाथको महिमा गराउने शिवरात्रि नेपाली सेनाको दिवसका रुपमा मनाइने परम्परा देवपरम्परा हो भन्दा अतिशयोक्ति नहोला । भगवान् पशुपतिनाथले विश्व व्यवस्थाका लागि प्रयोग गर्ने त्रिशुल र डमरुलाई प्रतिक चिह्नको रुपमा नेपाली सेनाले ग्रहण गर्नु देवकार्यको सूचक हो । शिव परिवार पारिवारिक मेलमिलापको उदाहरण हो भने सबै जाति, संस्कृति र सम्प्रदायको पुजक हुनु साँस्कृतिक सहिष्णुताको प्रतिक हो । नेपालको प्रसङ्गमा त्रिदेवको भूमिकामा वैष्णव शैव र शाक्तहरूको आराध्यदेव हुनुका साथै मष्टो धामी परम्पराको पनि पुजनीय देवताका रुपमा सम्पूर्ण नेपालीहरूको आस्था र एकताको प्रतिक पशुपतिनाथ विराजमान हुनुहुन्छ । यही परम्परा र शक्तिले नेपाली स्वाभिमान र एकतालाई अक्षुण बनाइराख्ने हुँदा पशुपतिनाथ र शिवको महिमालाई नेपालको एकीकरणको नेतृृत्व गरी राष्ट्र निर्माण गरेको नेपाली सेनाले सगौरव आत्मसाथ गरेको छ ।
सूर्य र चन्द्रका कारण पृथ्वीमा जीवको अस्तित्व रहेको र सूर्यको तापको स्रोत शिवकै हुन् भन्ने शास्त्र वचन र चन्द्रमालाई शीरमा धारण गर्ने शिवको महिमा आधुनिक विज्ञानका हिसाबले पनि प्रमाणित तथ्य हुन प्राणो वै अर्कः ! अर्थात्, प्राणको स्रोत नै सूर्य हुन् भन्ने वैदिक वचन र ुक्गल ष्क तजभ कयगचअभ या षिभ यल भबचतजु भन्ने विज्ञानको कुराले स्थापित महत्व शिवमा टुङ्गिनु शिवको महत्व लाई प्रमाणित गर्नु हो । एवम्प्रकार प्राणको प्रवाह मानिसका नासिकाबाट सूर्य र चन्द्र नाडीका रुपमा प्रवाहित भई ऊर्जाको सन्तुलन बनाइराख्ने प्रक्रिया, जीवनको ग्यारेन्टी गराउने प्रक्रिया शिवकै प्रक्रियाका रुपमा प्रमाणित हुन्छ । सम्पूर्ण सृष्टिकै हुने या प्राण सञ्चार र सञ्चालनको प्रक्रिया एउटा विश्व व्यवस्था भएको कुरा छर्लङ्ग हुन्छ । यसबाहेक पनि दुष्ट राक्षसहरूबाट जीव र सृष्टिको रक्षार्थ युद्ध गरी संरक्षण गरेको प्रसङ्ग धेरै छन् ।
आज विश्वमा वाद, धर्म, जात र पहिचानका रुपमा आपसमा भइरहेको द्वन्द्व र अन्तर्राष्ट्रिय डिजाइनमा भइरहेको युद्ध र विध्वंसलाई हृदङ्गम गर्दै सबैको कल्याण चाहने भगवान् शिवको पथचिह्नमा हिँडेर शान्ति र विकास सम्भव तुल्याउने नेपाली सेनाको भावना र प्रयास प्रशंसनीय देखिन्छ । देवी देवताका नामबाट नामाकरण गरिएका शिव दल गुल्म, भैरवनाथ गण, गोरख वक्स गण, कालीजङ्ग गुल्म, चन्दननाथ गुल्म, भवानी बक्स गुल्म, विष्णु दल गुल्म, श्रीनाथ गुल्म, भैरवी दल गुल्म आदिबाट पनि नेपाली सेना देव सेनाको रुपमा स्थापित र सञ्चालित देखिन्छ । ‘रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो जिउँदो रगतसरी यो, बल्दो यो शान हाम्रो ।।….. गाईसरि हुुन साधु, जो–जो यहाँ जगतमा सबको शरण बलियो, जङ्गी निशान हाम्रो ।।’ देवसेनाको परिचय झल्काउने सैन्य गान आमनेपालीहरूको गान रहेकाले सम्पूर्ण नेपालीहरू ईश्वरको संरक्षणमा शान्त र सुरक्षित रहेको अनुभूति गर्दछन् ।






