काठमाडौं,
चैत ११ ।
कलेज स्तरीय फुटसल प्रतियोगिताको बिजेता नबोदित कलेज बनेको छ । राइट्स एण्ड एसोसियट्स शैक्षिक परामर्श दाता कन्सल्टेन्सीको आयोजनामा भएको कलेज स्तरीय फुटसल प्रतियोगितामा नबोदित कलेज बिजेता बनेको हो ।
शनिबार भएको फाइनल खेलमा नबोदित कलेजले जेभियर कलेजलाइ पराजित गर्दै नगद रु ३५ हजार मेडल र ट्रफी जितेको छ । उप बिजेता जेभियर कलेजले नगद २१ हजार १ सय मदर र ट्रफी जितेको छ । टुर्नामेन्टमा २२ वटा कलेज सहभागी भएका थिए ।
बिजेता र उप बिजेता टिमलाइ प्रमुख अतिथि चलचित्र निर्देशक तथा सञ्चारकर्मी, अतिथि प्रशान्ति एकेडेमी स्कुलका प्रिन्सिपल समिर बास्तोलाले ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए ।
फुटसलमा युवा बर्गको आकर्षण बृद्दी भई रहेको तर स्तरीय प्रतियोगिताको अभाबलाइ ध्यानमा राखेर युवा बिद्यार्थीहरुलाइ फुटसल तर्फ ध्यान आकर्षित गर्नको लागि राइट्स एण्ड एसोसियट्सले उक्त प्रतियोगिता गरेको हो ।
शनिबार बिहान भएको खेल उद्घाटन कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजाल र अतिथि एन्फा फुटसल संघका अध्यक्ष रमेश रायमाझी तथा आँखा बिशेषज्ञ तथा प्रशान्ति एकेडेमी स्कुलका निर्देशक पृथ्वी रमण थपलियाले खेलको शुभारम्भ गरेका थिए ।
राइट्स एण्ड एसोसियट्स शैक्षिक परामर्श दाता कन्सल्टेन्सीले आयोजना गरेको प्रतियोगिताको सह प्रायोजक हरु नेक्स्ट नेपाल आइटी सोलुसन, प्रशान्ति एकेडेमी स्कुल, मेनीक्विन क्लथिङ्ग स्टोर, दी अर्डर मार्क टेलरिङ र शिब शक्ति गार्मेन्टस रहेका थिए ।






