काठमाडौं,
चैत ११ ।
डब्लुडिएनवाई सन्जिबकोे पहिलो गीत ‘देखेर तिमीलाई’ सार्वजनिक भएको छ । दुबईमा विगत पाँच वर्षदेखि बस्दै आएका सन्जिबकै स्वर तथा शब्द र कमल थापाको सङ्गीत रहेको गीत ‘देखेर तिमीलाई…’ स्रोता/दर्शकमाझ आएको हो ।
गीतको भिडियोमा सुन्दर युवतीलाई देखेपछि कल्पना गरेका पललाई प्रस्तुत गरिएको छ । फोटोग्राफर कमल श्रेष्ठले छायांकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा दुबईको मारिना बीच, मरुभूमि र क्लबहरुको दृश्य देख्न सकिन्छ ।
हिप हप र्याप शैलीको गीतको भिडियोमा गायकसँगै मोडल रेबिका थापा मगरले फिचरिङ गरेका छन् । रेबिका पनि केहि वर्षदेखि युएईमा रहदै आएकी छिन् ।






