हङकङबाट गणेशले ल्याए एउटा घाउ देउ (भिडियोसहित)

काठमाडौं,
चैत १० ।

हङकङमा बस्दै आएका नेपाली गायक गणेश न्यौपानेको नयाँ गीत ‘एउटा घाउ देउ’को भिडियो सार्वजनिक भएको छ । गौरव पहाडी र सारा शिरपालीले फिचरिङ गरेको गीतमा आफ्नो प्रेमी गौरवलाई दुःखित बनाउन साराले गर्भवती बनेको अभिनय र अन्तिममा त्यसको वास्तविकता खुलेपछि खुशी भएका गौरवको भावलाई झल्काइएको छ ।

नगरकोटको बोजिनी होटलमा छायांकन गरिएको भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् । भिडियोमा साराले गौरवलाई अप्रिल फूल मनाएको प्रसङ्गलाई देखाइएको छ ।

गीतमा भूपेन्द्र खड्काको शब्द, दिनेश सुब्बाको सङ्गीत, फडिन्द्र राईको एरेञ्ज, दिपेश प्रधान र प्रकाश केसीको मास्टरिङ र मिक्सिङ, निरोज श्रेष्ठको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार