काठमाडौं,
चैत १० ।
चलचित्र कोइलाको ट्रेलर सार्वजनिक भएको छ । आगामी बर्षको बैशाख २१ गते बाट देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र कोइलाको ट्रेलर सार्वजनिक गरिएको हो ।
गजेन्द्र रञ्जितको निर्देशनमा निर्मित एक्सन, लब स्टोरी र सेन्टिमेन्टलमा आधारित चलचित्र कोइलामा नायक प्रज्वल गिरी, नायिका सोनिया गिरी, ध्रुब कोईराला, किरण थापा, बिशाल पहारी, कालु राना, राम चन्द्र अधिकारी, देव नेपाल, सुरज पराजुलीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
आरोही फिल्मस्को ब्यानरमा निर्माण भएको कोइलामा बी.जे. शर्मा, प्रत्युसा गिरी निर्माता, श्री कृष्ण गिरी कार्यकारी निर्माता र तमन्न शर्मा र अराज शर्मा सह निर्माता रहेका छन् । चलचित्रमा नायक प्रज्वलको कथा, सुदीप आत्रेयको लेखन र श्री श्रेष्ठ को द्वन्द्व रहेको छ ।
चलचित्रमा ओम सुनुवार र रेखा पौडेलको सङ्गीत, बिनोद सापकोटाको छायाँकन, शंकर बि.सी. र श्रृजना बरालको नृत्य निर्देशन रहेको छ । कोइलालाई समिर मियाले सम्पादन र अमन मियाले भि एफ एक्स गरेका हुन् ।






