ओली सरकारमा थपिए ११ नयाँ मन्त्री र ४ राज्यमन्त्री

काठमाडौं,
चैत ३ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा शुक्रबार ११ नयाँ मन्त्री र ४ राज्यमन्त्री थपिएका छन् । एमालेका तर्फबाट ६ र माओवादी केन्द्रका तर्फबाट ५ जना मन्त्री थपिएका हुन् । यो सँगै ओली नेतृत्वको सरकार २२ सदस्यीय बनेको छ ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीसमक्ष सपथ लिएका छन् ।

एमालेका तर्फबाट प्रदीप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, रवीन्द्र अधिकारी पर्यटन, शेरबहादुर तामाङ कानुन, जगत विश्वकर्मा युवा तथा खेलकुद, रघुवीर महासेठ भौतिक तथा पूर्वाधार मन्त्री बनेका छन् । यसअघि वातावरण मन्त्रालय सम्हालेका लालबाबु पण्डितको मन्त्रालय परिवर्तन भएर उनको भागमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ ।

त्यस्तै माओवादीको तर्फबाट वर्षमान पुन ऊर्जा, गिरिराजमणि पोखरेल शिक्षा, चक्रपाणि खनाल ‘बलदेव’ कृषि सहकारी, शक्ति बस्नेत वन, बिना मगर खानेपानी मन्त्री बनेका छन् ।

संघीय समाजवादी फोरम र राजपा पनि सरकारमा सहभागी हुने बताइएपनि यो मन्त्री मण्डलमा उनीहरुको नाम अटाउन सकेन् ।

यसमा तपाइको मत

अन्य समाचार