भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा

काठमाडौं
माघ १९ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज विहिबार नेपाल आएकी छिन् । उनले विहिबारसाँझ नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेकी छन् ।

स्वराजको सम्मानमा एमालेले विहिबार होटल सोल्टीमा रात्रीभोज राखेको थियो । भेटमा आपसी हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

दुईदिने नेपाल भ्रमणका लागि आइपुगेकी भारतीय विदेशमन्त्री स्वराजसँग हिजै राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पनि भेटवार्ता गरिन ।

हिजो अपराहृन काठमाडौं आएकी उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरी स्वदेश फर्कने कार्यक्रम छ ।

यसमा तपाइको मत

अन्य समाचार