लाएको मायामा वैदेशिक रोजगारीको प्रभाव (भिडियोसहित)

काठमाडौं,
माघ १८ ।

गायक हिमाल श्रेष्ठको स्वरमा ‘लाएको माया…’ सार्वजनिक भएको छ । नवक्रान्ति ब्याण्डका मनिष गोदारको शब्द तथा सङ्गीत रहेको म्युजिक भिडियो सार्वजनिक भएको हो । ‘हे साईंली…’ उपशीर्षक राखिएको उक्त गीतमा रप्रवीण श्रेष्ठको सङ्गीत संयोजन छ ।

एक्सेल इन्टरटेन्मेन्ट यूकेद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई प्रसन्न पौडेलले निर्देशन गरेका हुन् । विदुर पाण्डेद्वारा छायांकन गरिएको भिडियोमा वैदेशिक रोजगारीले निम्त्याउने पारिवारिक विचलनलाई चित्रण गरिएको छ ।

सत्य घटनामा आधारित भनिएको म्युजिक भिडियोले वैदेशिक रोजगारी जाने श्रीमान् तथा श्रीमतीको पीडा तथा समस्यालाई चित्रण गरेको छ । म्युजिक भिडियोमा सहिन प्रजापति, अनुष्का अधिकारी तथा प्रतिक मुडवरीले अभिनय गरेका छन् । महादीप श्रेष्ठ तथा प्रतीक श्रेष्ठ निर्माता रहेको उक्त भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार