अभिलाषालाई सुपर मोडलको उपाधि

काठमाडौं,
माघ ७ ।

‘द सुपर मोडल नेपाल–२०१२८’को उपाधि अभिलाषा शर्माले चुमेकी छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा ४४ जनालाई पछि पार्दै उनले यो उपाधि चुम्न सफल भएकी हुन् ।

अभिलाषाले शीर्ष उपाधिसहित नगद २५ हजार तथा विभन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । उनले फोटोजेनिक सवटाइटल पनि आफ्नो पोल्टामा पारिन् ।

प्यासिकफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको यस दोस्रो संस्करण हो । यस संस्करणमा फस्ट रनरअप देश्ना केसी भए भने सेकेण्ड रनरअपको उपाधि साइरा घिमिरेले जितेकी छन् । उनीहरुले पनि उपाधिसहित विभिन्न गिफ्टह्याम्पर प्राप्त गरे । प्रतियोगीहरु आईआईएफटीले बागबजारले तयार गरेको आर्कषक पहिरनमा प्रस्तुत भएका थिए ।
अन्तिम प्रतिस्पर्धाका लागि फोटोग्राफर राजभाई सुवाल, होम दवाडी, डा. बिजेशराज घिमिरे, उज्वलकृष्ण श्रेष्ठ, र्यापर निर्णय श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, भरत आचार्य र मिलन शाक्य निर्णायक थिए ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको यस ‘द सुपर मोडल नेपाल’मा विभिन्न सवटाइटल पनि प्रदान गरिएको थियो । जसमा सुजातन खत्री मिस पर्सनालिटी, जिना तामाङ मिस बेस्ट वाक, सुस्मिता शाक्य मिस डिसिप्लिन, प्रनिशा पोखरेल बेस्ट फिगर र संस्कृति पौडेल फेण्डशीप भए ।

त्यस्तै, प्रतियोगितामा रश्ना मर्हजन मिस स्माइल, लोप्साङ लामा, बेस्ट स्किन, सुप्रिया थापा बेस्ट स्टाइलिस्ट, प्रमिला सिलवाल बेस्ट डे«स र निलिशा शाहीले मिस कन्फिडेन्ट उपाधि पाए ।

सदर्शन सुबेदीको इभेन्ट संयोजत्वमा आयोजित कार्यक्रममा गायक रुकमान लिम्बू र गायिका प्रकृति थलङले गीतसंगीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । रुकमानले ‘तिमीलाई म के भनुँ’ बोलको गीत प्रस्तुत गर्दा दर्शक मन्त्रमुध्न भएका थिए भने गायिका प्रकृतिले ‘उड्दै छ यो मेरो मन’ र ‘बादलसँगै’ बोलको गीत प्रस्तुत गरेर दर्शकको मन जित्न सफल भइन् ।

रुकमान र प्रकृतिको गीतमा मन्त्रमुध्न भएका दर्शक मोडल तथा अभिनेत्री निशा पोमु लिम्बूको नृत्यले गर्माएको थियो । सबैको साथ सहयोगबाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष फपु तेन्जिङ शेर्पाले बताए ।

यसमा तपाइको मत

अन्य समाचार