यस्ता छन् प्रदेश प्रमुख तथा अस्थायी केन्द्र

काठमाडौं,
माघ ३ ।

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो ।

सरकारका मन्त्रीका अनुसार प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा अस्थायी राजधानी तोकिएको छ ।

यस्तै प्रदेश नम्बर ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी केन्द्र तोकिएको पनि ती मन्त्रीले जानकारी दिए ।
बैठकले प्रदेश प्रमुख पनि तोकेको छ ।

बैठकको निर्णयअनुसार प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा , प्रदेश नम्बर २ को प्रमुखमा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ को प्रमुखमा अनुराधा कोइराला, प्रदेश नम्बर ४ को प्रमुखमा बाबुराम कुँवर, प्रदेश नम्बर ५ को प्रमुखमा उमाकान्त झा, प्रदेश नम्बर ६ को प्रमुखमा दुर्गा खनाल र ७ को प्रमुखमा मोहनराज मल्ललाई तोकिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार