काठमाडौं,
पौष २७ ।
चलचित्र ‘नेप्कीन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । पुरानो सिनामगंलका युवाहरुले सत्य घटनालाई पर्दामा उठाउँदै निर्माण गरेको चलचित्र ‘नेप्कीन’को ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा वेराजगारीका कारण युवाहरुले धन कमाउन अपनाउने गलत बाटोलाई देखाइएको छ । गुण्डागर्दी, अपराध र त्यसपछि हुने बदलाभको भावनालाई ट्रेलरमा समेटिएको छ ।
युवा निर्देशक विनायक लामिछाने निर्देशित ‘नेप्कीन’ मा प्रदीप गिरी, अनिता बस्नेत, विनायक लामिछाने, राकेश केसी, अर्जुन भट्टराई, रविन थापा, देव श्रेष्ठ, सन्तोष लामिछाने लगायतका कलाकारले अभिनय गरेका छन् ।
सुवास मगरले छायांकन गरेको चलचित्रमा भूपेन्द्र बानको द्वन्द्व रहेको छ । बाढीपीडितको सहयोगार्थ देशका विभिन्न ठाउँमा यो चलचित्रको च्यारिटी शो गरिएको छ । चलचित्रको रिलिज मिति भने तय गरिएको छैन् ।






