काठमाडौं,
पौष २१ ।
मकाउमा कार्यरत नेपाली सेक्युरिटी टिम ग्यालेक्सी मकाउ र ब्रोेडवे मकाउ समुह बिहिबार राजधानीको गोकणेस्वर नगरपालिका वडा नं ८ स्थित सामाजिक संस्था सहयोगी समाज नेपाललाई सहयोग प्रदान गरेको छ । मकाउबाट आएका ग्यालेक्सी प्रतिनिधी जय सम्देनको पहलमा सो संस्थालाई बिभिन्न राहत सामग्री सहयोग गरेको हो ।
अभिनेता मदुकुमार श्रेष्ठ, भास्कर

श्रेष्ठ र किरण श्रेष्ठ समेत उपस्थिती रहेको राहत सहयोग कार्यक्रममा सो समाजलाई २० बोरा चामल, ५ बोरा दाल, ५ बोरा
चिउरा, १३ थान तन्ना, १३ थान स्कुल ब्याग, नुहाउने सामानलगायतका सामग्री सहयोग गरेका छन् ।
२०६३ सालमा स्थापित सहयोगी समाज नेपालमा ६ देखि १३ बर्षसम्मका १३ जना अनाथबालबालिका आश्रित छन् । समाजले ति बालबालीकालाई स्कुलमा अध्यायन गराउने खर्च देखि बस्ने र खाने ब्यवस्था समेत गर्दै आएको समाजका अध्यक्ष भ्रमण कुमार श्रेष्ठले बताए ।






