प्रियसी आई लभ यु सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पौष २० ।

प्रियसी आई लभ यु गीतको भिडियो सार्वजनिक गरिएको छ । शिव राजा र बिष्णु बुढथोकीको आवाजमा रहेको गीत सार्वजनिक गरिएको हो ।

बिहिबार सार्वजनिक गरिएको गीतमा प्रेम र प्रेमिल जोडीहरुको भावलाई देखाइएको छ । शिवराजाकै शब्दरचनामा बनेको गीतमा चेतन राज कार्कीको सङ्गीत रहेको छ ।

राजधानीका बिभिन्न स्थानहरुमा छायाँकन गरिएको गीतको भिडियो एकदमै सुन्दर बनेको छ । प्रविण भट्टको निर्देशनमा बनेको गीतको भिडियोमा सरोज दहाल र सिर्जना श्रेत्रीको अभिनय रहेको छ ।

गोकुल अधिकारीको छायाँकन रहेको ‘आई लभ यु’बोलको गीतलाई निर्देशक भट्टले नै सम्पादन गरेका छन् ।

https://youtu.be/YI-BWtxDZz4

यसमा तपाइको मत

अन्य समाचार