विराटनगर,
पौष २० ।
गायिका शिलु भटटराई र खेम सेन्चुरीको आवाजमा ‘छैनौ नी भरैको …’ सार्वजनिक भएको छ । खेमको शब्द तथा सङ्गीत अनि शिलुको स्वरमा रहेको झ्याउरे गीत ‘छैनौ नी भरैको …’ सार्वजनिक भएको हो ।
गीतको भिडियोमा पुर्णिमा श्रेष्ठ, प्रकाश भटट, मनिष खड्का, रविन थापालगायतका कलाकारको अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले छायाँकन र विष्णु शर्माले सम्पादन गरेका छन ।
– रोशन पोखरेल






